newskoseli.Com

ठाउँठाउँका मेयर–उपमेयरबीच बोलचालै बन्द : जनतालाई के दिन्छन् यस्ता ‘जनप्रतिनिधि’ ले ?

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् समेत बस्न सकेको छैन । आइतबार नगरपरिषदको बैठक बोलाइएको भए पनि उपमेयर मधिकर्मीसहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ का वडाअध्यक्षले बहिस्कार गरे ।

रौतहटको कटहरिया नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद योभन्दा ठूलो छ । यो विवाद उच्च अदालत वीरगञ्जमा समेत पुग्यो । उपमेयर नुरजाह खातुनले मेयरबाट आफूमाथि ज्यादति भएको आरोप लगाएकी छन् । रौतहटकै गरुडा नगरपालिकाका मेयर–उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी बताउँछन् । कटहरिया मात्र नभई ठाउँ–ठाउँमा यस्तो विवाद चरमचुलीमा पुगेको छ ।

म्याग्दीको बेनी नगरपालिकाका मेयर र उपमेयरबीचको झगडा पनि उत्कर्षमा पुगेको खबर भुवन शर्माको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर