newskoseli.Com

भारत–पाकिस्तान रेलसेवा बन्द : उत्कर्षमा द्विदेशीय तनाव

जम्मु–कश्मीरको विशेषाधिकार खारेजीको भारतीय निर्णयपछि विगतदेखि चल्दै आएको भारत–पाकिस्तान द्वन्द्व थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले बिहीबार लाहोर–नयँदिल्ली रेलसेवा बन्द गरिदिएको छ ।

पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द गर्ने निर्णय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सम्झौता एक्सप्रेस १९७६ को जुलाई २२ देखि सुरु भएको थियो ।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोबीच सिमलामा भएको वार्तापछि दुई देशबीच सम्बन्ध सुधार्ने उद्देश्यले नयाँदिल्लीबाट अटारी हुँदै लाहोरसम्म रेलसेवा सुरु गरिएको थियो । अहिले उक्त सेवा बन्द गरिएको खबर सुरेशराज न्यौपानेको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर