प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन) विधेयक पारित गरेको छ । राज्य व्यवस्था समितिले दुवै विधेयकका विभिन्न दफा फेरबदल गरेर प्रतिवेदनसहित प्रतिनिधिसभा पठाएको थियो ।
प्रनिनिधिसभामा सांसदहरुले छलफलपछि विधेयक पारित गरेका हुन् । दुवै विधेयक पारित गर्न गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए । पारित विधेयकअनुसार समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गरिने भएको छ ।
प्रनिनिधिसभामा छलफलका क्रममा केही सांसदले प्रदेशमा जाने प्रहरीको एक तह बढुवा गर्नुपर्ने तर्क राखेको तर त्यसो नगरी दुई ग्रेड थपको मात्रै व्यवस्था गरिएको खबर ऋषिराम पौड्यालको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।