newskoseli.Com

क–कसलाई भेटे प्रधानमन्त्री ओलीले ? सिंगापुरबाट फर्कनासाथ भेटघाट तीव्र

सिंगापुरमा स्वास्थ्योपचार गराएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री केपी ओलीले राजनीतिक भेटघाट तीव्र पारेका छन् । उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कने बित्तिकै नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टीको सचिवालय बैठकको तयारीमा जुटेका हुन् । यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए । उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । ‘प्रधानमन्त्री आफ्नो दैनिक काममा सक्रिय भइसक्नुभएको छ, उहाँले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट थालिसक्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने– ‘प्रधानमन्त्री फर्केलगत्तै उपप्रधानमन्त्री, पार्टी अध्यक्ष, महासचिवलगायतका नेताहरूसँग भेटघाट गर्नुभएको छ, मंगलबार पनि बिहानैदेखि पार्टी नेताहरूसँग सचिवालय बैठकको गृहकार्यका लागि भेटघाट गर्नुभएको छ ।’

सचिवालय बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र महासचिव पौडेलसँग सोमबार नै छलफल गरी पूर्वनिर्धारित सचिवालय बैठक एक दिनपछि सारेर आन्तरिक गृहकार्यमा छलफल थालेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर