newskoseli.Com

सीके राउतलाई सांसद् बनाउन ओली–यादवको यस्तो चलखेल !

विखण्डनवादी राजनीति छाडेर ‘मूलधार’ मा आएका भनिएका ‘जनमत पार्टी’ का अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसदमा ल्याउन पहल सुरु भएको छ ।

सप्तरी क्षेत्र नम्बर– १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसदमा ल्याउन पहल सुरु भएको हो । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा. यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसदमा ल्याउन पहल सुरु भएको हो ।

सांसद डा. यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ । आफ्नो ‘स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको’ सांसद डा. यादवले बताए पनि भित्री योजना भने सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ ।

आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको उनले बताएको खबर सुभाष साहको बाइलाइनमा बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर