newskoseli.Com

‘स्कुल विभाग’ को विवाद झन् उत्कर्षमा, ओली–प्रचण्ड तनावमा !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ‘स्कुल विभाग’ को नेतृत्व कसले लिने भन्ने विवाद झन् उत्कर्षमा पुगेको छ । ‘स्कुल विभाग’ को जिम्मेवारी बाँडफाँटमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुटाउन बसेका पटक–पटकका बैठक असफल हुँदै आएका छन् । दुई पार्टी एकीकरण गर्न सहमति जुटाएका अध्यक्षद्वयबीच ‘स्कुल विभाग’ को जिम्मेवारी बाँडफाँटलाई लिएर अविश्वास र आशंका समेत उत्पन्न भएको छ ।

नेकपाभित्र ‘स्कुल विभाग’ को प्रमुखको विषय ‘प्रतिष्ठाको लडाइँ’ बन्न पुगेको छ । अध्यक्ष ओली सचिवालय सदस्य ईश्वर पोखरेलाई ‘स्कुल विभाग’ को जिम्मेवारी दिनुपर्ने अडानमा छन् भने प्रचण्ड चाहिँ अर्का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सो जिम्मेवारी दिनुपर्ने पक्षमा अडान राखिरहेका छन् ।

दुई नेताबीच तानातान भएपछि आधा दर्जन अरु नेताले समेत त्यसैमा दावी प्रस्तुत गरेकाले अध्यक्षद्वय ओली र प्रचण्ड तनावमा परेको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर