newskoseli.Com

‘कान्छी नेपाल’ किन सुनसान छ आजकल ?

शैलेश्वरी मन्दिरको उत्तर–दक्षिण लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुन्डिएका छन् । कोठाका र्‍याक पनि रित्ता छन् । ‘कान्छी नेपाल’ का रुपमा चर्चित सिलगढी बजार देखेर ८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ ।

अछामी, बझाङी, बिमकोटे र दर्नाली राजाले किनमेलका लागि सिलगढी आउँदा बाल्यकालमा ओखरको कुटेरो खान दिएको उनले भुलेकी छैनन् । जुम्ला, हुम्ला, अछाम, बाजुरादेखि सुर्खेतका मानिसको चहलपहल हुन्थ्यो । उनका सासू–ससुरा र दुई देवरका परिवार घरमा ताल्चा लगाएर काठमाडौं गएको वर्षौं भयो ।

उहिले यस क्षेत्रमा कपडा पसल मात्र ५०–६० वटा थिए, मानिसको भीडले बजार भरिभराउ हुन्थ्यो । अहिले त्यो कहाँ पाउनु ? ‘कान्छी नेपाल’ को बदलिएको परिवेशसम्बन्धी यो खबर मोहन शाहीको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर