newskoseli.Com

नेकपाभित्र राष्ट्रपतिको सक्रियता ! एउटा विवाद ‘साम्य’, अर्को विवाद जन्म्यो…

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक ‘साम्य’ भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाइएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनार्इ झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो ।

स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउन र ‘जबज’ का पक्षमा बलियो मत बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी आफैं सक्रिय भएकी थिइन् । ईश्वर पोखरेलको बलमा मात्रै ‘जबज’ लाई पार्टीको कार्यदिशा बनाउन अलि अप्ठ्यारो पर्ने देखेर त्यसमा गौतमलाई सहभागी गराएपछि यो मत बलियो हुने आशाका साथ गौतम–पोखरेल समीकरण बनाइएको हाे ।

गौतमलाई उपाध्यक्ष बनाउने निर्णयदेखि खनाललाई तेस्रो वरियतामा ल्याउने तयारीप्रति अध्यक्षद्वयपछिको स्थानमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन् । पार्टीमा खनाललाई तेस्रो स्थान दिँदा नेपालको वरियताक्रम पछि धकेलिने छ । त्यसमाथि पनि नेपाललाई ‘कर्नर’ मा पार्ने गरी सचिवालयको बैठकमा नेताहरू प्रस्तुत हुन थालेपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ ।

एक महिनायता पार्टी ‘स्कुल विभाग’ प्रमुख कसलाई बनाउने भन्ने विवाद बढेसँगै ‘गुट’ व्यवस्थापन र आगामी कार्यदिशाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो राखेको स्रोतको दाबी छ । तत्कालीन एमाले महासचिव मदन भण्डारीले पाँचौं महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) नै नेकपाको आगामी कार्यदिशा हुनुपर्छ भन्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अडानप्रति अन्य नेता मौन रहेपछि उनका पक्षमा राष्ट्रपति भण्डारीले सक्रियता देखाएको स्रोतको दाबी रहेकाे खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर