newskoseli.Com

‘सिनो हाइड्रो’ लाई दिइँदै मेलम्चीको जिम्मा, सुरुङ सक्न १२ महिना लाग्ने

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ लाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले ठेक्का स्वीकार गरिएको पत्र कम्पनीलाई बुधबार पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।

सुरूङको काम १२ महिनाभित्र सक्ने गरी प्रस्ताव तयार भएको हो । कार्यकारी निर्देशक कँडेलले भने– ‘आशय सूचना सकियो, भोलि हामी बैठक बस्छौं र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौं, चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइने पक्कापक्कीजस्तै भएको छ ।

उनका अनुसार समितिले अनुमान गरेभन्दा करिव १५ प्रतिशत अर्थात् ४५ प्रतिशतदेखि ५० करोड रुपैयाँ कममा सिनो डाइड्रोले बोलपत्र पेस गरेको खबर लक्ष्मण दर्नालको बाइलाइनमा बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर