newskoseli.Com

माधव नेपाल रुष्ट, एउटा मात्रै जिम्मेवारी रोज्न ओलीलाई दबाव दिँदै लिखित प्रस्ताव (७ बुँदे नोट अफ डिसेन्टसहित)

सत्ताधारी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न आग्रह गर्दै लिखित प्रस्ताव पेस गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयप्रति सातबुँदे असहमति जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद रोज्न माग गरेका हुन् । पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागू गर्नुपर्ने उनको माग छ ।

नेता नेतालले पार्टी विधानको धारा ४६ (क) कमोजिम स्थानीय तहदेखि संघीय सरकारका कार्यकारी जिम्मेवारी बहन गरेका नेतासम्मलाई दोहोरो जिम्मेवारी दिनु नहुने अडान राख्दै आएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

७ बुँदे हेर्न यो समाचार पढ्नुहोस्–
माधवकुमार नेपालको सातबुँदे असहमति : ओलीलाई भने– एउटा पद छाड्नोस् (असहमतिपत्रसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर