नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका छन् । लाखौं मूल्यका गरगहना कसरी हराए भन्नेबारे बागेश्वरी गुठी बेखबर छ ।
बागेश्वरीमा ‘सतीदेवीको जिब्रो पतन भएको’ जनविश्वास छ । त्यसले भेटीमा सुनका नथीया, पाउजु, छाता, शिवपार्वतीका सुनचाँदीको मूर्ति, बाघ र गरुडलगायतका मूर्ति चढाउने चलन छ ।
विसं २०२९ मंसिर ४ मा मन्दिरका तर्फबाट भुवनेश्वर नामका व्यक्तिले लिखत अभिलेख तयार गरी तत्कालीन मालपोत कार्यालय प्रमुखलाई बुझाएका गरगहना र हाल तिजोरीमा भेटिएका गहनाबीच अन्तर पाइएपछि गहना हराएको खुलेको खबर ठाकुरसिंह थारुको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।