सत्ताधारी नेकपाका नेताले आ–आफ्नो जिम्मेवारी अनुसार केन्द्रीय विभागको नेतृत्व सम्हाल्न थालेका छन् ।
संगठन, स्कुल, निर्वाचनलगायत विभागका प्रमुख र उपप्रमुखले काम थालेका छन् । स्कुल विभागका प्रमुख–उपप्रमुखले शनिबार पदभार ग्रहण गरे ।
विभागको जिम्मेवारी पाएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, उपप्रमुख देवेन्द्र पौडेल, वेदुराम भुसालले पदभार ग्रहण गरेका हुन् । ‘पार्टीको आधिकारिक वैचारिक लाइनमा केन्द्रित रहेर अब स्कुल विभागले नेता–कार्यकताई प्रशिक्षण दिनेछ’– पोखरेलले भनेको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।