newskoseli.Com

प्रदेशको नाम र राजधानी : ठूला दलभित्र नै फरक–फरक मत

प्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेश– २ को नामकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि दलहरूभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ ।

प्रदेशको स्थायी राजधानी र नामका विषयमा सत्तारुढ दल तथा प्रतिपक्षी भूमिकामा रहेका नेकपा र नेपाली कांग्रेसभित्रै फरक–फरक मत देखिएको छ । सत्तारुढ समाजवादी पार्टी र राजपा तथा कांग्रेस सांसदले नाम तथा राजधानीबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गराए भने नेकपाभित्र आन्तरिक विवाद छ ।

प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ता गराउन बिहीबारसम्मको म्याद तोकिएको थियो । म्यादभित्र प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावलाई प्रक्रियामा प्रवेश गराउन सभामुख सरोजकुमार यादवले शनिबार प्रदेशसभा बैठक बोलाए । प्रस्ताव दर्तालगत्तै दलीय सहमतिको प्रयास थालिए पनि शनिबारसम्म मिल्न सकेन ।

बैठक बस्न केही घन्टा बाँकी रहँदा दलहरुकै आग्रहमा ‘अर्को सूचना जारी नभएसम्मका लागि’ भन्दै सूचना टाँस गरी बैठक स्थगन गरिएको खबर सुरेश यादवको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर