newskoseli.Com

‘बाझाबाझ’ रोक्यो नेकपाले, कसरी ?

फाइल तस्बिर

पार्टीको शीर्ष तहकै नेताहरु ‘बाझाबाझ’ मा उत्रिएपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पार्टीका जिम्मेवार नेताहरु नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनु परेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले सबै तहका नेता–कार्यकता तथा सदस्यलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति वा आलोचना वा विरोध भएमा पार्टीको विधानमा उल्लेख भएअनुसार कमिटीभित्रै र प्रक्रियागत रुपले प्रस्तुत हुन निर्देशन दिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर