संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सत्तरी वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिने योजना कार्यान्वयनमा ल्याइने जनाएको छ ।
पर्यटनमन्त्री योगेश भट्टर्राले १४१ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उक्त कार्यक्रमसहित उड्डयन क्षेत्रमा सुधारका योजना सार्वजनिक गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घन्टै सञ्चालनमा ल्याउने, जनशक्ति उत्पादनका लागि फ्लाइङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेलगायतका योजना उनले सार्वजनिक गरेको खबर मंगलबारको कारोबार दैनिकमा प्रकाशित छ ।