प्रदेश– ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो ।
महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि यो प्रदेशमा चिनियाँ चासो बढि देखिएको जानकारहरु बताउँछन् । प्रदेश सरकार र स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ ।
प्रदेश– ५ का मुख्यमन्त्री शंकर पोखरेलले असार १६ देखि २५ सम्म चीनका विभिन्न प्रान्तको भ्रमण गरे । सोही सिलसिलामा प्रदेश– ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको खबर विनोद परियारको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।