newskoseli.Com

प्रचण्डले के–के परामर्श गरे नेताहरुसँग ?

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदभित्र पेस भएका विधेयकहरुमा पार्टीका सांसदहरुको एकमत बनाउनका लागि नेताहरुसँग छलफल सुरु गरेका छन् । पछिल्लो समय समितिमा आएका विधेयकहरुमा नेकपाकै सांसदहरुका मत बाझिने र कतिपय विधेयक निश्कर्षमै नपुगी प्रतिवेदन बनाउने अवस्था आएपछि नेकपाका नेताहरुले त्यसको समीक्षा गर्न थालेका हुन् ।

अध्यक्ष प्रचण्डले बुधबार संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतसँग खुमलटारमा भेटेका थिए । ‘विधेयकको औपचारिक छलफल त संसदभित्र नै हुन्छ तर पार्टीभित्र साक्ष्ड–बाई–साइड अनौचपारिक छलफल पनि हुन्छ, त्यसकै लागि अनौपचारिक कुराकानी भएको हो’– प्रमुख सचेतक गुरुङले भने ।

अहिले संसदभित्र भूमिसम्बन्धी विधेयक आएको छ । यो विधेयकका कतिपय प्रावधानमा सांसदहरुले आ–आफ्नो तरिकाले बोलेका छन् । यसअघि गुठी विधेयक आउँदा पनि नेकपाका सांसदहरुको मत बाझिएको थियो । संघीय निजामती विधेयकमा पनि सांसदहरुको धारणा समितिमा फरक फरक थियो ।

त्यसैले, संसदभित्रका गतिविधिलाई अझै प्रभावकारी बनाउने र सबैलाई पार्टीको एकै प्रकारको गाइडलाइन अनुसार चलाउनका लागि दाहालले नेताहरुसँग परामर्श गरेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर