newskoseli.Com

वडा अध्यक्षलाई ‘भाटे कारबाही’ गर्ने डीएसपीको ‘चेतावनी’

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवम् डीएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका– ४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुर्व्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका रुपक चौलागाईंको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई ‘गद्दार’ भन्दै डीएसपी राईले ‘भाटे कारबाही’ गर्ने चेतावनी दिएको उनको आरोप छ ।

चौलागाईंले बिहीबार साँझ चरिकोटमा पत्रकार सम्मेलन गरी डीएसपीले आफूलाई तथानाम गाली गर्दै घोक्र्याएको बताए । ‘जनताको समस्या लिएर उनको कार्यकक्षमा पुग्दा अनुसन्धान गर्न तेरो सरकारले स्रोत र साधन दिएको छ र ! तँजस्ता गद्दारहरुले नै सबै काम बिगारेका हुन्… भनेर तथानाम गाली गर्दै दुर्व्यवहार गरे’– उनले भने ।

डीएसपी राईले भने आफूले कुनै दुर्व्यवहार नगरेको दाबी गरेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर