newskoseli.Com

भीम रावल र जनार्दन शर्माहरुसँग ‘स्पष्टीकरण’ लिँदै नेकपा

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकापसमा ‘मिले’ पछि सत्ताधारी नेकपाभित्र ‘अनुशासन कायम गराउन’ भन्दै नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाइने उर्दी जारी भएको थियो । यस्तो उर्दी जारी भएलगत्तै केही नेताहरुलाई स्पष्टीकरण मागेर ‘डिमोरलाइज्ड’ गर्ने योजना बनेको जानकारी प्राप्त भएको छ ।

विभिन्न सन्दर्भमा सार्वजनिक रुपमै विभिन्न नेताहरुबारे नकारात्मक टीका–टिटिप्पणी गर्ने व्यक्तिहरुलको नेकपाभित्र अहिले व्यापक रुपमा खोजी हुन थालेको छ । यस क्रममा जम्मा पाँच जना नेताहरुको नाम स्पष्टीकरण लिनुपर्ने व्यक्तिका रुपमा सूचीबद्ध भएको बुझिएको छ । पार्टीमा ‘फलामे अनुसाशन’ कायम गर्नका निम्ति महासचिव विष्णु पौडेलले विशेष अग्रसरता लिएका छन् । र, ‘अनुसाशनहीन’ हरुको सूची तयार पार्न पनि उनले नै तत्परता लिएको बताइन्छ ।

यस क्रममा नेताहरु भीम रावल, जनार्दन शर्मा, सूर्य थापा, मेटमणि चौधरी र जगन्नाथ खतिवडामाथि पार्टीको नीति र नेताहरुविरुद्ध गतिविधि गरेको आरोप लागेको खबर बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर