स्युचाटार, काठमाडौंकी रेन्जुकला त्रिपाठी कँडेललाई धम्क्याएर २० लाख रुपैयाँ लिन खोज्ने धादिङका सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरेको छ ।
२० लाख नदिए छोरी अपहरण गरिदिन्छु भन्दै धम्क्याएको अभियोगमा कँडेललाई प्रहरीले बालाजु पुलबाट मंगलबार पक्राउ गरेको हो । रेन्जुकलालाई नाताले भाइ पर्ने कँडेलले भदौ १३ मा घरमै आएर पहेंलो खामभित्र बुझाएको चिठीमार्फत २० लाख रूपैयाँ मागेका थिए ।
मागेको जति पैसा नदिए छोरी अपहरण गर्ने र घरमा बम पड्काइदिने धम्की सन्तोषले दिएको रेन्जुका दाजु हेरम्बराज कँडेलले बताएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।