newskoseli.Com

भीरबाट लडाएर गाई मारेको प्रकरण : रातारात नक्कली पत्र !

हालै ४० वटा गाई–गोरु भीरबाट खसालेर मारिएको प्रकरणमा दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ ।

छानबिनलाई प्रभावित पार्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगञ्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो । नेपालगञ्ज उपमहानगरले ८ वटा ट्रकमा पठाएका २ सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए । त्यही क्रममा ४० वटा गाईगोरु मरेका थिए । दर्जनौं गाई–गोरु घाइते भएका छन् ।

दैलेखको श्रीस्थान क्षेत्रबाट माग भएको भन्दै नेपालगञ्ज उपमहानगरले ती गाई–गोरु पठाएको थियो । दैलेखका सबै स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिले यसअघि नै ती गाई–गोरु आफूहरूले नमगाएको स्पष्ट पारिसकेको खबर ललितबहादुर बुढाहिक्मतबहादुर नेपालीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर