अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।
जारी भएका सबै सिम आगामी तीन महिनाभित्र सम्बन्धित प्रयोगकर्ताकै नाममा दर्ता गरिसक्ने योजना बनाइएको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए । ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं’– उनले भने ।
तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको भन्दै त्यस विषयमा पछि निर्णय गर्ने उनले बताएको खबर विजय तिमिल्सिनाको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।