दसैंको अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनः बस्नेगरी स्थगित भएको छ ।
यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको मिति निर्धारण गर्ने यातायात व्यवसायीहरुले बताए । ग्रामीण क्षेत्रका सडकहरुको मर्मत आवश्यक रहेको भन्दै सडक विभागले तीब्रताका साथ काम अघि बढाउनुपर्ने व्यवसायीहरूले बताए ।
यस वर्षको दसैंमा टिकटको समस्या हुन नदिने विभागका महानिर्देशक गोगनबहादुर हामालले ठोकुवा गरेका छन् । यातायात व्यावसायीहरुले भने अग्रिम टिकट बुकिङ खोल्नु अगाडि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर निर्धारण हुनुपर्ने माग गरेको खबर मनिका खतिवडाको बाइलाइनमा बिहीबारको कारोबार दैनिकमा प्रकाशित छ ।