newskoseli.Com

महिनामै १५ लाख कमाउने जागिर छाडेर कीर्तिमानै कीर्तिमान !

मासिक १५ लाख तलब पाइने जागिर छाडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने विरलै थाहा छ । उनी हुन्– दाना गाउँपालिका– ३, म्याग्दीका निर्मल पुर्जा (निम्स) ।

बेलायती सेनाको ‘स्पेसल फोर्स’ मा रहेको निकै आकर्षक सेवा–सुविधा सहितको जागिर छाडेका उनले छोटो अवधिमै हिमाल आरोहणका विभिन्न शीर्षकमा विश्व कीर्तिमान राखेका छन् । उनले तीन महिनाभित्र सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा बढी उचाइका १४ मध्ये ११ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनभित्रै आरोहण गरेको विश्व कीर्तिमान अब उनैको नाममा छ । ‘फास्टेस्ट समिट अफ दि टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा) को कीर्तिमान पनि पुर्जाले कायम गरेका छन् । यसैगरी ‘फास्टेस्ट समिट अफ दि टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु) आरोहणको कीर्तिमान पनि उनकै नाममा अभिलेख भएको छ ।

पुर्जाले अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिजजस्ता ११ वटा हिमाल आरोहण गरिसकेको खबर टीका बन्धनको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर