newskoseli.Com

‘सरकार ! हामीलाई बचाऊ’ : काबुलबाट नेपालीको क्रन्दन…

दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी अफगानिस्तानकाे काबुलमा भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीहरूले आफूहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न वा घर फर्काउन नेपाल सरकारसँग माग गरेका छन् ।

सोमबारको आक्रमणमा १२ सर्वसाधारण समेत मारिएपछि क्याम्पकै कारण तालिवानले आक्रमण गरेको भन्दै स्थानीयले बुधबार क्याम्पमा विरोध प्रदर्शन र तोडफोड समेत गरेपछि नेपालीले थप असुरक्षा महशुस गरेका हुन् । विरोध प्रदर्शनका क्रममा स्थानीयले क्याम्पको गेट र पार्किङमा राखिएका गाडी जनलाइदिएका छन् ।

स्थानीयको भीडलाई नेपाली सुरक्षाकर्मीले बल्लतल्ल नियन्त्रणमा लिएका थिए । शुक्रबार झन् ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली थप चिन्तित छन् । उनीहरुले जसरी भए पनि आफूहरुलाई फिर्ता गर्न सरकारसँग अनुरोध गरेको खबर सुरेशराज न्यौपानेदेवेन्द्र भट्टराईको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर