newskoseli.Com

जिमखानामा ‘बडीविल्डिङ’ गरिरहेका यी महिलाहरू

छेउमा बज्दै थियो सुमधुर सङ्गीत । त्यसैको तालमा नाच्न मस्त थिए कोही महिला । कोही भने ‘सेटअप’ र ‘पुसअप’ गर्न व्यस्त । सङ्गीतको तालमा कम्मर मर्काउँदा असिनपसिन भएका थिए उनीहरू ।

यस्तै दृश्य देखिन्छ हरेक बिहान पुल्चोकस्थित जिमखानामा  । सहरका युवती तथा महिला व्यायाम गर्न यहाँ आउने गरेका छन् । उपत्यकामा अहिले यस्ता जिमखाना विस्तार हुन थालेका छन्  । कुनै बेला पुरुषको मात्र पहुँच रहेको जिमखानामा अहिले महिलाको उपस्थिति बाक्लै हुन थालेको छ ।

यस्ता जिमखाना अर्थात् ‘फिटनेस क्लब’ मा मोडल, नायिकादेखि विवाहिता तथा बच्चाका आमा बढी देखिने गरेका छन् । मिसेस नेवाः, २०७४ विजेता रेजिना शाक्य हरेक बिहान ‘फिटनेस क्लब’ पुग्छिन्  । उनी मिसेस नेवाः बन्नुअघिदेखि नै ‘फिटनेस क्लब’ जाने गर्थिन् ।

व्यायामले मिसेस नेवाः बन्न सहयोग पुगेको बताउँदै उनी भन्छिन्– ‘केही अघिसम्म धेरैको सोच हुन्थ्यो– जिम भन्नेबित्तिकै पुरुष मात्र जाने ठाउँ हो । तर, अचेल स्वस्थ शरीरका निम्ति व्यायाम आवश्यक छ भन्ने बुझ्न थालेका छन् ।’ उनी भन्छिन्– ‘सुरु–सुरुमा फिटनेस सेन्टर जाँदा पुरुषको संख्या धेरै थियो तर अहिले महिलाको संख्या पनि बढेको छ  । स्वस्थ शरीर र तनावरहित जीवन जिउन कसलाई पो मन लाग्दैन र !’

बदलिँदो जीवनशैलीसम्बन्धी यो खबर यलु जोशीको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर