बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ । जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेशसभाले उनलाई निलम्बन गर्ने भएको छ ।
नेकपाको टिकटमा सिरहा– ४ (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ मा एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
जिल्ला अदालतको सो फैसलाविरुद्ध पुनरावेदन गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि प्रदेशसभाले उनलाई निलम्बन गर्न प्रक्रिया सुरु गरेको खबर सुरेश यादवको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।