newskoseli.Com

‘ओलीजी र नेपालसँग अभूतपूर्व निकटता’ : प्रधानमन्त्रीलाई फुर्क्याउँदै भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फ्रेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उदघाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धिका रुपमा अर्थ्याए ।

‘केही वर्षयता हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ,’ मोदीले भने– ‘पछिल्लो डेढ वर्षभित्र मात्र मेरा मित्र प्रधानमन्त्री ओलीजी र मबीच चार पटक भेट भइसकेको छ ।’

उनले जनस्तरको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधार भएकामा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले काठमाडौं र दिल्लीबाट एकैचोटि पाइपलाइनको स्वीच थिचेर द्विदेशीय पेट्रोलियम पाइपलाइनको उदघाटन गरेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर