newskoseli.Com

१४ मंसिरमा उपनिर्वाचन : ४,४७,७९२ मतदाता, ३७ जिल्लाका ५१ पदमा चुनाव

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको निर्वाचन आयोगले बताएको छ । विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको आयोगले बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोध समेत आह्वान गरेको छ ।

आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार १ असोजमा हरेक वडामा रहेका सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गरिने, २ असोजमा सो नामावलीमा दोहोरो नाम परेको भए हटाउने तथा त्रुटि भए सच्याउन निवेदन लिनेलगायतका काम गरी ६ असोजमा पुनः अद्यावधिक गरिनेछ । यसैगरी, ८ असोजमा हटाइएको नाम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा टाँस्ने तथा सोही दिन अद्यावधिक गरिएको नाम प्रकाशन गर्ने र ८ देखि १० असोजसम्म अद्यावधिक गरिएको नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाइने आयोगले जनाएको छ ।

आयोगले यसअघि नै उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिसकेको छ । विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि आयोगले दल दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४२ गरी कूल ५१ रिक्त पदका लागि उपनिर्वाचन हुने भएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर