newskoseli.Com

केरुङ–काठमाडौं रेलमार्ग : छैन चीनको प्राथमिकतामै !

छिमेकी मित्रराष्ट्र चीनले तीन साताअघि सिगात्से–केरुङ रेलमार्गको निर्माण कार्य सुरु गरेको छ । सिगात्से आइपुगेको तिब्बत रेलमार्ग आगामी सात वर्षभित्र रसुवागढीबाट २४ किलोमिटर नजिकको हिमाली उपत्यका केरुङ जोड्ने चीनको योजना छ ।

यसअघि चीनले सन् २०२० सम्म सिगात्सेमा रेलमार्ग ल्याउने लक्ष्य राखेको भए पनि भौगोलिक विकटताको कारण देखाउँदै समय पछि धकेलेको हो । सो रेलमार्गको दुरी ५ सय ४० किलोमिटर हुनेछ । तर, नेपालमा बहुप्रचारित केरुङदेखि काठमाडौंसम्मको रेलमार्गका लागि चीनको प्राथमिकता नै नरहेको बुझिएको छ ।

गत साता मात्रै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सो विषयलाई भन्दा चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनातर्फ जोड दिए । केरुङ–रसुवागढी रेलमार्गको विषयमा फिजिबिलिटी अध्ययनको काम पूरा भइसकेको रेल विभाग नेपालका सिभिल इन्जिनियर किरण कार्कीले जानकारी दिएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर