newskoseli.Com

‘हामीबीचको घोचपेच संग्लिने प्रक्रियाकाे धोइपखाली, गुटउपगुटगुट नै चुनौती’ : प्रचण्ड

पार्टीभित्रका गुट–उपगुटको अन्त्य गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । गुटले पार्टीलाई खोक्रो बनाउने भन्दै त्यसको अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती भएको उनले बताए ।

‘अब कसैले शंका–उपशंकाले कसैलाई हेर्ने होइन, गुट–उपगुटको अन्त्य गरी पार्टी एकतालाई बलियो बनाउनुपर्छ,’ इलामको सदरमुकाममा आयोजित जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणमा शुक्रबार उनले भने– ‘पार्टीमा पनि अहिले एकता सुदृढ गर्नेबारे गम्भीर समीक्षा चलिरहेको छ, पार्टीमा गुटबन्दी सबैभन्दा घातक हुन्छ ।’

गुट अनुशासन छाडेर पार्टी अनुशासन स्थापित गर्नु आवश्यक भएको भन्दै गुटले पार्टीलाई भित्रभित्रै कमजोर बनाउने र सामूहिक तागत गिराउने उनले बताए । आफ्नै पार्टीका शीर्ष नेताबीच सार्वजनिक रूपमा भइरहेका घोचपेचलाई चाहिँ उनले ‘संग्लिने प्रक्रिया’ को संज्ञा दिए । ‘कहिलेकहीं हामीबीच भइरहेको घोचपेच आफू–आफूबीच धोइपखाली गरिएको हो,’ पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलाई ‘साक्षी’ राख्दै उनले भने– ‘आफूलाई सफा गर्दा भित्रको मैला त बाहिर आउँछ नै तर आउँदा केही बिग्रिहाल्दैन, त्यो पार्टी बन्ने प्रक्रिया हो ।’

सत्ताधारी पार्टीभित्रको गुट–संघर्षसम्बन्धी यो खबर भीम चापागाईंको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर