प्रदेश– २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा विवादमा तानिएका छन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा सरकारी सवारी साधनलाई रीत पुर्याएर निजी बनाउन सकिने व्यवस्था गरेपछि झा आलोचनामा पर्नुका साथै विवादमा फसेका हुन् ।
ऐनको अनुसूची– १, दफा– १४ सँग सम्बन्धित मुख्य न्यायाधिवक्ताको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी शीर्षकमा तल ‘नोट’ लेखी ४ वटा शीर्षकमा सरकारी सवारी साधनलाई निजी बनाउन सकिने प्रावधान थपिएको खबर शनिबारका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।