newskoseli.Com

‘ज्वाइँ’ मै अड्क्यो नागरिकता विधेयक : यस्तो छ कांग्रेसको अडान…

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याउन लागिएको नागरिकतासम्बन्धी विधेयकमा संघीय संसदको राज्य व्यवस्था समितिमा चर्केको विवादले अझै निकास पाइसकेको छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विदेशी ‘ज्वाइँ’ ले नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने माग चर्काइरहेपछि पारित गर्ने अन्तिम तयारीमा पुगेको विधेयक पारित हुन सकेन ।

संघीय संसदको राज्य व्यवस्था समितिमा जारी छलफलका क्रममा कांग्रेसका सांसदहरुले विदेशी ‘ज्वाइँ’ र विदेशी बुहारीले नेपाली नागरिकता लिने प्रक्रिया सहज बनाउनुपर्ने मागमा अडान नछाडेपछि सहमति हुन नसकेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर