अमलेखगञ्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को किनारै–किनार काठमाडौंसम्म ल्याउन सकिने विज्ञहरुको अध्ययनले देखाएको छ ।
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई), पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्रयाकमार्फत पाइप बिछ्याएर काठमाडौंमा तेल ल्याउन सम्भव देखाएको हो ।
आईओईका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा ‘बुस्टिङ पम्प’ मार्फत ‘प्रेसर’ दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताएको खबर दिलिप पौडेलको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।