newskoseli.Com

५ नम्बर वरियताका मन्त्रीको नेतृत्वमा ३ नम्बरका उपप्रधानमन्त्री संलग्न भ्रमणदल ?

उपप्रधानमन्त्री सहभागी हुने राष्ट्रसंघीय महासभामा नेपाल सरकारको नेतृत्व भने परराष्ट्रमन्त्रीबाट हुने भएको छ । प्रधानमन्त्री केपी ओली राष्ट्रसंघको ७४औं महासभामा सहभागी नहुने भएपछि नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दैछन् ।

सोही महासभाको एक छलफलमा भाग लिन उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव पनि जान लागेका छन् । पदीय मर्यादामा उपप्रधानमन्त्री परराष्ट्रमन्त्रीभन्दा माथि हुन्छन् । तर, महासभाको मुख्य बैठकमा राष्ट्रका तर्फबाट परराष्ट्रमन्त्रीले सम्बोधन गर्नेछन् । मन्त्रिपरिषदको वरियातामा पनि यादव ३ नम्बरमा छन् भने ज्ञवाली ५ नम्बरमा ।

महासभाका प्रमुख आकर्षणमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने रात्रिभोज र सहभागीको सपत्नी फोटो खिचाउने चलन पनि एउटा हो । राष्ट्रसंघीय नियोगका एक अधिकारीका अनुसार यस्तो कार्यक्रममा पनि परराष्ट्रमन्त्री ज्ञवाली नै सहभागी हुनेछन् । उपप्रधानमन्त्री यादव भने महासभाअन्तर्गतको स्वास्थ्यसम्बन्धी छलफलमा मात्र संलग्न हुने खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर