संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली सैनिकको भत्ता नेपाली सेनाले बढाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको हो ।
तल्लो तहका सैनिकको अधिकतम ८५ डलर बढ्दा अधिकृत तहका शान्ति सैनिकको ९ डलरसम्म बढेको छ । शान्ति मिसनमा सहभागी फौजका सबै दर्जाको मासिक भत्ता समान (२२ प्रतिशत) रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने गरी भत्ता वृद्धि भएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।