newskoseli.Com

संसदको आफ्नै नयाँ भवन बन्दै : लागत ५ अर्ब २६ करोड

सरकारले सिंहदरबारभित्र संघीय संसदको भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ । देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र अवस्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो ।

संसद भवन निर्माणको योजना १५ वर्षअघि नै अगाडि सारिए तापनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो । सहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भवनको डिजाइन गरेको छ । आधुनिक र प्रविधिमैत्री संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलनेछ ।

५ अर्ब २६ करोडमा निर्माण हुन लागेको संघीय संसद् भवन निर्माण भएपछि संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछन् । तीन वर्षभित्र संघीय संसद् भवन निर्माणको काम सम्पन्न गर्ने गरी काम अगाडि बढाइने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर