newskoseli.Com

खतरा नै छ त लोकतन्त्रका लागि ? ‘बघिनी र डमरु’ को बिम्ब कसलाई ?

‘लोकतन्त्रमाथि आइलागे जाइलाग्ने’ चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । २७ दिनपछि बुधबार दुई वटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन् ।

‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन तर खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्, बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दिन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे; सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ, सरकार चुप लागेर बस्दैन’– बुधबार सिंहदरबारस्थित नयाँ संसद् भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बताए ।

कसैको पनि नाम नलिई र बघिनी तथा डमरुको बिम्ब प्रयोग गरेर लोकतन्त्र र गणतन्त्रका निम्ति आइलाग्ने खतराविरूद्ध जाइलाग्ने चेतावनी उनले दिए । ‘प्रतिबन्धित’ विप्लव नेतृत्वको नेकपाको नाम नलिईकन त्यतैतर्फ संकेत गरेर उनले नेपाली समाजमा हिंसाका लागि कुनै स्थान नरहेको बताए ।

‘केही हिंसात्मक प्रयासहरू क्षणिक वितण्डा मात्रै हुन्, हिंसा र लुटपाट मच्चाउनेलाई सरकारले छुट दिँदैन’– उनले भनेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर