राष्ट्रपति, प्रधानमन्त्रीलगायतका ‘विशिष्ट व्यक्ति’ का लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ । ‘भीभीआईपी’ को विशेष सवारीमा प्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ ।
सेनामार्फत सञ्चालनमा रहने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा राखिएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।