newskoseli.Com

जंगी, निजामतीसहित सबै कर्मचारीले स्वदेशी कपडा मात्रै लगाउनुपर्ने !

सेना, प्रहरी, शिक्षक, निजामती, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भइरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी उनले दिएका छन् ।

बिहीबार राजधानीस्थित भृकुटीमण्डपमा ‘र्‍यान एन्ड टेक्सटाइल एक्स्पो’ को उदघाटन गर्दै निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको अर्थमन्त्री डा. खतिवडाले बताए । उद्योगमा लागनी गर्नेलाई जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको उनले बताएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर