प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उदघाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।
प्रधानमन्त्री ओली स्वयं हरिहरभवनबाट विद्युतीय बस चढेर कात्तिक ७ मा सिंहदरबारसम्म गएका थिए । गुणस्तरहीन ती बस फिर्ता गर्न सरकारले निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सले टेरेको छैन ।
टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका ती बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको खबर बलराम बानियाँको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।