newskoseli.Com

शीर्ष नेताहरूको दसैं : कसले, कहाँ, कसरी मनाउँदै ?

दसैंको रमझम बढेको छ । संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ । कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दसैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् ।

सधैं राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता–कार्यकर्ता भने दसैंमा सर्वसाधारणसँग भेटघाट गर्दै जनताका समस्या बुझ्ने योजनामा छन् । शीर्ष नेताहरू संघीय राजधानी छाडेर जिल्लामा पुगिसकेका छन् । जिल्लामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी उनीहरू आफूले गरेका कामको जानकारी समेत गराइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली दसैंको अवसरमा गृहजिल्ला झापामा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम छ । २० असोजमा झापामा आयोजना हुने कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । २१ असोजमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छ । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वसाधारणलाई टीका लगाउनेछन् ।

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवारसँगै घरमै दसैं मनाउने कार्यक्रम छ । कुनै विशेष कार्यक्रम नभएको जनाउँदै परिवारसँगै दसैं मनाउने योजना रहेको दाहालको सचिवालले जनाएको छ ।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंको डल्लुस्थित निवासमै दसैं मनाउने कार्यक्रम छ । पार्टीका नेता–कार्यकर्ता, शुभचिन्तकलगायतलाई डल्लुमा टीका लगाएर दसैं मनाउने योजना रहेको उनको सचिवालयले जनाएको छ ।

नेकपा अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने दसैं, दीपावली, छठलगायतका पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शनिबार (१८ असोजमा) रौतहट जाँदैछन् । घरका ज्येष्ठ सदस्य दिव्य उपाध्यायबाट काठमाडौंमै टीका लगाउने र नेता–कार्यकर्ता, शुभचिन्तकलाई लगाइदिने कार्यक्रम रहेको नेपालको सचिवालले जनाएको छ ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले किताब पढेर दसैं मनाउँदै छन् । बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेपछि उनले आफन्त, पार्टीका कार्यकर्ता, शुभचिन्तकलाई टीका लगाउने कार्यक्रम रहेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर