newskoseli.Com

जिनपिङको सुरक्षा र व्यवस्थापनमा खटिएकालाई दैनिक ३ सय खाजा खर्च

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीले खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् ।

विशेष सुरक्षा कार्ययोजना अनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका र निजामती कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३ सय रुपैयाँका दरले ३ दिनको खाजा खर्च दिन लागिएको हो ।

जिनपिङको सुरक्षामा चारै सुरक्षा निकायका र निजामति कर्मचारी गरी करिव १६ हजार जनशक्ति तैनाथ गरिएको थियो । प्रहरीबाट मात्रै ८ हजार ५ सय जनाभन्दा बढी खटिएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर