newskoseli.Com

कानुन बनाउनेहरु नै कठघरामा : यी ५ सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँच जना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन भएको छ भने पाँच जना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ । सांसद समेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो । सो रिक्त पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

निलम्बनमा पर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित कृष्णबहादुर महरासँगै राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित सांसद रेशमलाल चौधरी, तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हरिनारायण रौनियार, कांग्रेस सांसद मोहम्मद आफताब आलम, राजपाकै सांसद प्रमोद साह छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित सांसद पार्वत गुरुङलाई पनि फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरिएको छ । उनी पक्राउ परेमा निलम्बित सांसदको संख्या ६ पुग्ने खबर ईश्वरी सुवेदीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर