सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९ महिनामा ४ पटक आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।
गत माघदेखि अहिलेसम्म उनले चार पटक मुलुकमा ठूलो आन्दोलन हुन सक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जनताले जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन् । दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन् ।
उनले बिहीबार चितवन पुगेर आफूलाई फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको बताए । समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आफूलाई आन्दोलन गर्ने इच्छा रहेको उनले बताएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।