नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् ।
पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै सरकारविरुद्ध देउवा आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांगेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले भने– ‘त्यतिबेला के हेरेर बसेको ?’
जर्मन तानाशाह हिटलरको बर्बरता बिर्साउने जघन्य हत्याका अभियुक्त भन्दै आलममाथि हदैसम्मको कारबाही गर्न नेपाली समाजमा सर्वत्र दबाव बढिरहेका बेला कांग्रेस र सो पार्टीका सभापति भने बचाउकाे प्रयासमा लागेको यो खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।