newskoseli.Com

ओली–दाहाल विवादमा माधव नेपाल किन ‘मौन’ ?

ओली–प्रचण्ड–नेपालको फाइल तस्बिर

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने ‘मौन’ बसेका छन् । पार्टी एकताका बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेतासँग गुनासो गर्दा नेपाल भने मौन बसेका हुन् ।

पार्टीका पछिल्ला गतिविधि र ओली–दाहालबीच देखिएको आन्तरिक विवादमा माधव नेपालले केही पनि बोलेका छैनन् । पार्टी एकताको समयमा भएकामध्ये आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै पूर्वएमालेका नेताहरूसँगको भेटघाटलाई अध्यक्ष दाहालले तीव्रता दिएका थिए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी वा सरकारमध्ये एक जिम्मेवारी दिने आश्वसन दिए पनि प्रचण्डले भने बेलाबखत ‘धोका’ महशुस गर्दै आएका छन् । ओलीले भने ‘समय नै नआई दाहालले हतार गर्न थालेको’ भन्दै समय आएपछि कार्यान्वययनतर्फ जाने बताउन थालेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर