newskoseli.Com

नजिकिँदै प्रचण्ड–माधव : नारायणकाजीलाई राखेर ‘गोप्य’ बैठक !

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘खटपट’ पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् । उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रहेर प्रचण्ड निवास खुमलटारमा ‘गोप्य’ छलफल समेत गरेका छन् ।

सो छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत निम्त्याइएका थिए । नेताहरुबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो । ओलीले पार्टी एकताका बेलाको सहमति र त्यस यताका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई कमजोर बनाउने खेलमा लागेको बुझाइमा प्रचण्ड छन् ।

नेपाल भने संगठनात्मक एकतामा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको र आफ्नो वरियता खोसिएको कारण देखाउँदै ओलीसँग असन्तुष्ट रहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर