newskoseli.Com

भेनेजुयली राष्ट्रपति मडुरोलाई भेट्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अरजबैजानको राजधानी बाकुमा भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग भेटवार्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन (नाम) को १८औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका ‘कम्युनिस्ट’ शासक मडुरोसँग द्विपक्षीय वार्ता गर्न लागेका हुन् ।

मडुरोको पक्षमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य निकालेपछि अमेरिकाले आपत्ति प्रकट गरेको थियो । प्रधानमन्त्री ओली स्विजरल्यान्डमा रहेका बेला प्रचण्डले निकालेको वक्तव्यलाई तयतिबेला ओलीले प्रचण्डको ‘टङस्लिप’ (जिब्रो चिप्लिएको) भनेका थिए ।

नेपाली र भेनेजुयली प्रधानमन्त्रीबीचको आसन्न भेटबारेको यो खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर