२७ चैत, २०७४ मा रौतहटमा बम विस्फोट भएको घटना तत्कालीन आईजीपी ओमविक्रम राणा, तत्कालीन मध्य क्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यालय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले स्वीकार गरेका छन् ।
रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा उनीहरुले त्यो समयमा बम विस्फोट भएको बताएका हुन् । तर, विस्फोटका घाइतेहरुलाई जिउँदै इँटाभट्टामा हालेर जलाई मारेको अभियोगमा पक्राउ परेका कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले भने बम विस्फोट नै नभएको दाबी गर्दै आएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।